‘काफल गेडी कुटुक्कै’  बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l गायक समीर मोक्तान र ममता गुरुङको आवाज रहेको गीतको भिडियोमा डान्सर सुशान्त खत्री र एलिसा राईको नृत्य देख्न सकिन्छ ।गीतमा चर्चित गीतकार डी=पी खनालको शब्द रचना, शकंर थापा “स्माइल” को संगीत तथा उदय राज पौडेलको संगीत संयोजन छ । राजीव समरको निर्देशन सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोलाई  अर्जुन तिवारीले खिचेका छन् l