शिव रात्रि बाट प्रदर्शनमा आउन लागेको चलचित्र 'लप्पन छपन २' ४ भाषामा रिलिज हुने भएको छ l मुकुन्द भट्टको निर्देशन रहने चलचित्र तामिल हिन्दी,भोजपुरी र नेपाली गरी ४ भाषामा प्रदर्शन गर्न लागिएको हो l शिव श्रेष्ठ, अनुप विक्रम शाही, सौगात मल्ल, सरिता गिरी लगायत कलाकारहरूको अभिनय रहेको चलचित्रको दृश्यहरू नेपाल सँगै विदेशमा छायाङ्कन गरिएको छ l एक्सन ड्रामामा निर्माण गरिएको चलचित्रलाई गोल्ड हिल्स पिक्चर्स र इपी एजुकेसन अस्ट्रेलिया,यु एम आइ र म्याक मिडियाको सहकार्यमा निर्माण गरिएको छ l सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको सिनेमामा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोषचन्द्र भक्रेल निर्माताको रूपमा छन् ।  सुनिल नेहुरे र मुकुन्द भट्टले चलचित्रको कथा तयार पारेका हुन l