चलचित्र हललाई सञ्चालनमा रेलाउन सरकारले अनुमति दिएको छ l सुरक्षा मापदण्ड अप्नाउदै सिनेमा हललाई खोल्ने निर्णय आइतबार बसेको मन्त्रीपरिषद् गरेको हो l सञ्चार मन्त्री पर्वत गुरुङको अनुसार सिनेमा हललाई माघ १ गते बाट सञ्चालनमा लेराउने बताएका छन् l गत चैत्र देखी सिनेमा हल कोरोना महामारीका कारण बन्द रहेको थियो l अन्य व्यापार व्यवसाय, सार्वजनिक यातायात खोलिसक्दा पनि सरकारको ध्यान सिनेमा तिर केन्द्रित नभए पछि सरकारको बिपरीतनै सिनेकर्मीहरु आक्रोशमा आएर एकतर्फी रूपमा हल खोल्ने निर्णय भएको थियो l उक्त समय सरकारले सिनेकर्मीहरुलाई सान्त्वना दिन चलचित्र छायाङकन लाई मात्र अनुमति दिएको थियो l