नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो 'पल्पसा क्याफे' l  तत्कालीन नेपाली द्वन्द चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक हो। माओवादी युद्धताकाका एक चित्रकार, दृश्य, प्रमुख पात्रका रूपमा रहेको यो उपन्यास पुरै उनको वरिपरि घुमेको छ। तत्कालीन माओवादी युद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आम सर्वसाधारण जनतामा पारेको असर र विद्यमान सामाजिक अवस्थिति जस्ता समसामयिक विषयहरू समावेश गरिएको यो एक पठनीय पुस्तक हो। यसै पुस्तकमा आधारित नाटक अब चाडै नै अनामनगर स्थित मण्डला नाटक घरमा हुने भएको छ l पल्पसा यानिकी उपन्यासकी मुख्य पात्रमा अभिनेत्री स्वस्तिमा खड्का  रहेकी छन् l केही दीन अघि स्वस्तिमाले सामाजिक सञ्जाल तस्बिर शेयर गर्दा चाडै नै नाटक मञ्चन हुन लागेको जानकारी दिएकी छिन् । विमल सुबेदीको निर्देशन रहने उपन्यासलाई नाटकमा रूपान्तरण सुरज सुवेदी गरेका छन् l हाल नाटकको वर्कसपमा काम भइरहेको छ l