केही समय अघि घोषणा गरिएको चलचित्र 'तिम्रो मेरो साथ' को छायाङ्कन आज बाट सुरु भएको छ l 'रेड वाइन' नाम बाट चलचित्रको घोषणा गरिएको थियो l केही दीन अघि मात्र 'रेड वाइन' हटाएर निर्माण टीमले' तिम्रो मेरो साथ' तय गर्दै चलचित्रको छायाङ्कन आज बाट सुरु गरिएको हो l समयको माग र दर्शकलाई मध्य नजर राख्दै निर्माण टिमले चलचित्रको नाम परिवर्तन गरेका थिए l पुष्प खड्का र साम्राज्ञी आर एल शाहको मुख्य भूमिका रहने यस चलचित्रबाट रमेश एम के पौडेल डेब्यु निर्देशकको रुप्मा देखिँदै छन् l पुष्प र साम्राज्ञीले यसअघि चलचित्र ‘मारुनी’मा एकसाथ काम गरेका थिए । चलचित्रमा पुष्प खड्का, साम्राज्ञी आर एल शाहको अलावा सन्दीप क्षेत्री, खबपु , इमिली लामा र ध्रुव दत्तको अभिनय रहने छ । चलचित्रको कथा संवाद सविर श्रेष्ठले लेखेका हुन l नेपाल सँगै अमेरिकामा पनि छायाङ्कन रहने चलचित्रलाई आर्यन फिल्म्स र बोधी एच डी को संयुक्त ब्यानरमा निर्माण गर्न लागिएको हो l चलचित्रको लगानीकर्तामा पासाङ लामा ,निरू भण्डारी , सुमन पौडेल र सुधीर पराजुली रहेका छन् । चलचित्र ‘रातो टिका निधारमा’को छायांकन सकिएपछि साम्राज्ञीले चलचित्रको काम गरेकी थिइनन् । लकडाउनपछि उनले एक म्युजिक भिडियोमा अभिनय गरिन् ।