कोरोना महामारीले चलचित्र क्षेत्रलाई असर पर्यो l चलचित्र कहिले चल्ने थाहा छैन l सोही कारणले पनि अहिले ठुला पर्दाका कलाकारहरू म्युजिक भिडियो प्रति केन्द्रित भैराछन l महानायक राजेश हमाल देखी अहिलेका युवा क्रेज पलशाहा समेत पछील्लो समय म्युजिक भिडियोमा अड्किन थालेका छन् l प्रसँग रहयो महानायक राजेश हमालकै ! हमाल पनि केही महिना यता देखी म्युजिक भिडियो तिरनै होमिन थालेका छन् l उनै, हमाल फेरी एक नयाँ गीतको भिडियोमा देखिएका छन् । गायिका लक्ष्मी आचार्य र कुलेन्द्र बिशोकर्माको स्वरमा ‘आफ्नै नाम मन पर्यो’ बोलको गीतको भिडियोमा हमाल र निता ढुंगानाको अभिनय हेर्न सकिन्छ । गीतको शब्द प्रह्लाद सुवेदीलेकोरेका छन् भने सार्वजनिक भिडियोको निर्देशन र कोरीयोग्राफी शिव विकले गरेका छन् l सौरब लामाको खिचाइ रहेको भिडियोलाई सम्पादन गर्ने काम तार थापा 'किम्भे'को रहेको छ lवसन्त थापाको संगीतमा तयार भएको गीतको भिडियोलाई फिल्मी शैलीमा तयार पारिएको छ ।