सञ्जय गदभीको निर्देशन रहेको चलचित्र 'धूम १' हुँदै 'धूम ३' सम्म आइसकेको छ l अत्यन्तै रुचाइएको सिरिजमा परेकै कारण निर्माण टिमले यती बेला 'धूम ४' को निर्माण गरी रहेका छन् l चौथो सिरिज निर्माणको खबरले नै दर्शकहरूलाई उत्साहित बनाइरहेको छ l सिरिजको चर्चा सँगै चलचित्रमा अभिनेत्री  दीपिका पादुकोणको अभिनय रहने खबरले झन् उत्साहित र प्रतीक्षित बनाइरहेको छ दर्शकहरूलाई l भारतीय सञ्चार माध्यामका अनुसार ‘धूम ४’ मा भिलेनका रूपमा अभिनेत्री दीपिका पादुकोणले अभिनय गर्ने भएकी छिन । फिल्ममा अभिनय गर्न दीपिका पादुकोण तयार भएकी छिन् भने पहिलो पटक चलचित्रको सिरीजमा महिला कलाकार लाई भिलेन रूपमा निर्माण टिमहरूले देखाउन लागेका हुन l