भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली पिता बनेका छन् । उनले ट्विटर मार्फत आफूलाई पुत्री लाभ भएको जानकारी दिएका हुन् l गत वर्ष अभिनेत्री अनुष्का शर्मा सँग उनी वैवाहिक बन्धनमा बाँधिएका थिए । विभिन्न सामाजिक सञ्जालमार्फत बलिउड र उनका फ्यानहरूले बिराटलाई बधाई दिइरहेका छन् । विराट लेख्छन्: हामीलाई तपाईँ सँग खुसी बाँड्न पाउँदा एकदमै आनन्द आउँछ l  आज दिउँसो हामी एक छोरीको आमा बुवा बनेका छौ l  तपाईँले गर्नु भएको प्रेम, प्रार्थना र शुभकामनाको लागि धन्यवाद दिन्छौँ। अनुष्का र बच्चा दुवै स्वस्थ छन् l आज बाट हामीले हाम्रो जीवनको नयाँ अध्याय सुरु गर्न पाउँदा खुसी महसुस गरिरहेका छौँ।  उनको यो ट्विटमा अहिलेसम्म दुई लाख पचास हजार बढी लाइक्स आइसकेको छ भने ३२ हजार बढीले रिट्वीट गरिसकेका छन् ।

cine pati