कोरोना महामारीका कारण देखिएका विभिन्न समस्याहरूको कथालाई एक्मुस्ठ साथ देखाउँदै सर्ट मुभी 'साहारा' सार्वजनिक भएको छ l पुरु राईको निर्देशन र कथा रहेको चलचित्रले दर्शकलाई मध्यनजर राख्दै बेरोजगारी र सम्बन्धमा परेको असरलाई देखाउन खोजेको छ । ध्रुव दत्त, सृजना निङ्गलेकु र पुरु राईको अभिनय रहेको यस चलचित्रको सम्पादन साथै छायाङ्कन कुशल श्रेष्ठले गरेका छन् l सम्पादन कुशल श्रेष्ठ, स्वर संगीत आशिष् राज, ब्याकग्राउण्ड म्युजिक र कलर नवीन निरौलाको रहेको छ । टुवाईको ब्यानरमा निर्माण भएको चलचित्र सोही चलचित्रकी अभिनेत्री सृजना निङ्गलेकुको युट्युब च्यानलबाट रिलिज गरिएको छ । बेलायतको दृश्यलाई कैद गरी बनाइएको चलचित्रले बेरोजगारीका कारण एक युवा जोडीमा उत्पन्न भएका विभिन्न समस्याको वियोगान्त प्रस्ट सँग देखाएको छ l