कलाकारको लागी अवार्ड एउटा चाडको रूपमा मानिन्छ । अवार्ड समारोहको लागी कलाकारहरू झकिझकाउ भएर पुग्छन् ।
तर, पछिल्लो समय आयोजना भएका केही अवार्डहरुमा कलाकारको नाक मुख देख्न गाह्रो हुन्छ । हातमा गन्ने हो भने उपस्थित कलाकारहरू गन्न सकिन्छ ।
यसै बिच सोमबार काठमाडौँको आर्मी अफिसर क्लबमा ‘एलजी सिने सर्कल अवार्ड २०७४’ सम्पन्न भयो । अवार्डमा कलाकारको पातलो उपस्थिति भएता पनि कार्यक्रम भव्य रूपमा सम्पन्न भयो ।
कार्यक्रममा कलाकारहरुमा अभिनेत्री झरना थापा, दिपाश्री निरौला, सुरबिना कार्की, रिमा बिश्वकमा, संचिता लुइटेल , नायक प्रदिप खड्का, निराजन प्रधान, हसनराजा खान लगायतका कलाकारको उपस्थित भएको थियो ।
तस्बिर -अनुष श्रेष्ठ