कोरोना महामारीका कारण लगभग ८ महिना पछि हल खोलिएको छ l हल खोलेता पनि कतिले भन्ने गरेका छन् , यो महामारीमा को चलचित्र हेर्न जान्छ र ? हाम्रो मस्तिष्कमा उब्जेको यो प्रश्न सोह्रै आना गलत साबित भएको छ l खबर रह्यो भारतको सिनेमा हलकै l अक्टोबर १५ बाट सञ्चालनमा आएको हलमा अहिले चलचित्र टिकट लिनेको घुइँचो लागेको छ l साउथका सुपरस्टार विजय र विजय सेतुपती अभिनीत चलचित्र केही समय पछि प्रदर्शनमा आउँदै छ  l सोमबार देखी प्रीबूकिङ भएको चलचित्र 'मास्टर'को टिकट लिन दर्शकको तछाड मछाड भए सँगै चेन्नाइको एक चलचित्र भवनका सञ्चालकले प्रहरीलाई नै बोलाउनु परेको छ । चलचित्र भारतका विभिन्न ४ भाषामा रिलिज हुँदैछ । लोकेश कंगाराजले यो चलचित्रको निर्देशन गरेका हुन् ।  बिना मास्क र सामाजिक दुरी कायम नगरीकन चलचित्रको टिकट लिनेको भिड भए पछि  हल सञ्चालकले काउन्टरबाटै टिकट लिन नपाइने व्यवस्था गर्दै अनलाइन बुकिङ मात्र खुल्ला गर्नु परेको थियो ।