धेरै हल्लाखल्लाका साथ सुरु भएको ‘द भ्वाइस अफ नेपाल’ले खुब चर्चा कमायो। हिमालयन टेलिभिजनबाट प्रसारित ‘रियालिटी शो’ले धेरै प्रतिभालाई अवसर पनि दियो। 'सिजन '१' र '२' सक्कीसक्यो l सिजन ३ को पनि केही समय देखी नै गाइँगुइँ हल्ला चलिराथ्यो l हल्ला चल्दाचल्दै आयोजकहरूले आज काठ्माण्डौको रेडीसन होटेलमा पत्रकार सम्मेलन गर्दै 'सिजन ३' को पनि घोषणा गरेका छन् l ओप्पो  प्रिजेन्ट्स द भ्वाइस अफ नेपाल 'सिजन ३' को अडिसन देश देखी विदेश बाट झन्डै चालिस हजार प्रतिभाहरूले सहभागिता जनाएका छन् l अडिसनमा सहभागी प्रतिभाको सङ्ख्या अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर रहेको छ l कार्यक्रमको उत्पादनका लागी तीव्र गतिमा काम भइरहेको छ l आगामी एक महिना भित्रै 'सिजन ३' को प्रसारण सुरु हुने हिमालयन टेलिभिजन कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिएका छन् l

कार्यक्रम हरेक शुक्रवार र शनिवार राती ८ बजे प्रसारण हुने छ l ओप्पो मोबाइल ,बजाज पल्सर ,माइसेकेन्ड टिचर , सिटी एक्सप्रेस र लोटस हर्बल प्रायोजक सँग सम्झौता गर्दै कार्यक्रमलाई अगाडी बढाइएको हो l   ‘सर्प्राइज’सहित घोषणा भएको सिजन-३ मा यस पाली आस्थाको ठाउँलाई गायिका तृष्णा गुरुङले ओगटेकी छिन् भने बाँकी तीन कोच दीप श्रेष्ठ, राजु लामा र प्रमोद खरेल यथावत् रहे।