अश्मिता अधिकारीको आवाज रहेको' कन्फयुज छु' बोलको गीत सार्वजनिक भएको छ l डा चन्द्र गिरीले रचना गरेको शब्द लाई गीतको भिडियोमा उतार्ने काम कोरीयोग्राफर साथै निर्देशक  गम्भीर विष्टले गरेका छन् l शंकर थापाको संगीत ,उदय राज पौडेलको एरेन्ज ,नवीन निरौलाको सम्पादन रहेको भिडियोको दृश्यलाई कैद गर्ने काम नवराज उप्रेतीले गरेका छन् l रेश्मा घिमिरे , डिमोन छेत्री, आर्यन खरेल र दर्शन काजी भिडियोमा फिचर्ड छन् l रूपान्तरण म्युजिक युट्युब च्यानल बाट गीतको भिडियोलाई सार्वजनिक गरिएको छ l