'माया तिरिरिरि' बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l प्रताप दास र रचना रिमालको  सुमधुर स्वर रहेको गीतको शब्द रचना धुर्ब प्रसाद अंगाइले गरेका छन् l सार्वजनिक अहिलेका ब्यस्त मोडल सुधीर श्रेष्ठलाई फिचर्ड गरिएको छ l सुधिरलाई माया तिरीरीमा समीक्षा पोखरेलले साथ दिएकी छिन् l उत्तम श्रेष्ठको निर्देशन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईँले खिचेका छन् l   अमृत चापागाईँको सम्पादन,सुबोल थापाको कोरीयोग्राफी,राज सागरको संगीत ,साहास शाक्यको एरेन्ज समावेश रहेको गीतको भिडियोलाई इनाक्क्षी एन्टरटेन्मेन्ट युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ l