हरर थ्रिलर सिनेमा ‘रङ डेस्टिनेसन’को ट्रेलर सार्वजनिक गरिएको छ । सम्राट् बस्नेतको निर्देशन रहेको सिनेमाको ट्रेलरलाई बिहीबार सार्वजनिक गरिएको हो l १ मिनेट ३२ सेकेन्ड रहेको ट्रेलरमा बुद्दी तामाङ,छुल्ठिम गुरुङ, सुगुन तान्डुकार लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । सुगन तन्डुकारको कथा, सीमा गुरुङको पटकथा तथा संवाद र पदम प्रसाद कँडेलले सिनेमालाई लेखेका हुन् । लक्ष्मण सुनारको भिएफएक्स तथा कलर रहेको ‘रङ डेस्टिनेसन’लाई रनधिर श्रेष्ठले खिचेका छन् । फुलमून मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमामा समिरा तन्डुकार, शर्मिला लामा तन्डुकार, सन्जिल लामा, केन्द्र लिम्बु र जितेन्द्र कार्कीको लगानी रहेको छ । केन्द्र एन्टरटेन्मेन्ट बाट सार्वजनिक गरिएको ट्रेलर ‘रङ डेस्टिनेसन’को रिलिज मिति तय गरिएको छैन l