गाइजात्रा पर्व भन्ना साथ विशेषगरि हाँस्य कलाकारहरु देशको सामाजिक, राजनिति परिस्थितीलाई लिएर ब्यङग गर्ने गर्दछन् । आज (मंगलबार) गाइजात्राको पर्वको उपलक्ष्यमा काठमाण्डौको रेडियो अडियोले ‘गाइजात्रा बिशेष कार्यक्रम’ आयोजना गरेको छ ।
काठमाडौँको बानेश्वर सडकमा स्टेज बनाएर गरिएको कार्यक्रममा चर्चित कलाकारको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कलाकार दिपाश्री निरौला, दिपकराज गिरी, केदार घिमिरे (माग्ने बुढा), जितु नेपालको साथमा चलचित्र प्रेमगीत २ बाट निर्माता सन्तोष सेन, नायक प्रदीप खड्का र नायिका अश्लेषा ठकुरीको लगायतका कलाकारकाे उपस्थिती थियो ।
दीपा, केदारको साथमा दीपकराज गिरी र जितु नेपालले हास्यव्यङ गर्दै दर्शकलाई हसाएका थिए भने पनि दर्शकलाइ हसाँएका थिए । ‘प्रेमगीत २’का प्रदीप र अश्लेषाले नृत्य गरेका थिए ।