एकदेव लिम्बुको आवाजमा 'आँखामा आउने सपनी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ l एकदेव लिम्बुकै शब्द र कम्पोज रहेको गीतलाई केन्द्र मोसन्स पिक्चर्स युट्युब बाट सार्वजनिक गरिएको हो l बिकेश मगर र किरण दाहालको संयुक्त निर्देशन रहेको भिडियोमा एकदेव लिम्बु,निशाम लिम्बु, राजु याकुजा र सुजन राई फिचर्ड छन् l भिडियोलाई उज्ज्वल जोशीले सम्पादन र छायाङ्कन गरेका छन् l