नाजिर हुसेन र रेश्मा घिमिरेको अभिनयमा म्युजिक भिडियो 'माया किन मोडियो' सार्वजनिक भएको छ l सुदन गैरेको आवाज र संगीतमा तयार पारिएको गीतको भिडियो निर्देशन सुब्रत राज आचार्यले गरेका छन् l किरण घिमिरेले शब्द रचना गरेका हुन l विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ l नाजिर र रेश्माको अलावा भिडियोमा मुस्कान शाह र एलिस खनाललाई पनि देख्न सकिन्छ l एस् जी मेलोडी युट्युब च्यानल बाट भिडियोलाई रिलिज गरिएको छ l