सुरक्षा पन्तलाई लिएर निर्देशक लक्ष्मण सुनारको निर्देशनमा गीत 'तिमी कास्की छोरी' सार्वजनिक भएको छ l बेजोड अभिनयमा आफूलाई प्रस्तुत गरेकी सुरक्षालाई अपोजिट रोलमा शम्भु घिमिरेले साथ दिएका छन् l गीतकार तथा संगीतकार दीपक शर्माले कोरेको गीतको शब्दलाई आवाजमा परिणत रचना रिमाल र प्रवीण बेड्वालले गरेका छन् l नरेन्द्र वियोगीको एरेन्ज, लक्ष्मण सुनारको सम्पादन, मिक्स मास्टरिगं साजन शाहले गरेका छन् l साथै भिडियोलाई मोडल शम्भुकै अफिसियल च्यानल युनिआयन मिडिया युट्युब बाट सार्वजनिक गरिएको छ l भिडियोलाई आरोन अशोककुमारले खिचेका छन् l