३९ पार गर्दै ४० मा टेकेका अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आज आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र 'जिन्दावाद' निर्माण गर्ने भएका छन् l सामाजिक सञ्जालमा आफूले आँफैलाई जन्मदिनको शुभकामना दिँदै नयाँ चलचित्रलाई दर्शक माझ लेराउने निश्चलले घोषणा गरेका हुन l 'लुट' को सिक्वेल बनाए पस्चात उनले कुनै पनि नयाँ चलचित्र दर्शक माझ लेराएन् l व्यावसायिक या मनोरञ्जनको हिसाबमा चलचित्र 'लूट २' ले त्यति सफलता पाउन सकेन l

cine pati

यसै बिच पनि दर्शक श्रोताको मनमा चलचित्र निर्देशन बाट निश्चलले संन्यास लिएको होकी भन्ने प्रश्नले अल्झाइ रहेको थियो l निर्देशन लाई पछि पारेनी अभिनय र म्युजिक भिडियोमा निश्चल व्यस्तनै छन् l वि.सं. २०३७ साल माघ ४ गते  काठमाडौँमा जन्मिएका उनी फिल्म ‘लुट’ निर्देशन गरेपछि चर्चामा आएका थिए l