बुद्ध लामा र प्रियाना आचार्य फिचर्ड रहेको म्युजिक भिडियो 'हेरीरहु जस्तो' सार्वजनिक भएको छ l बुद्ध लामा र ममता गुरुङको आवाज रहेको गीतलाई बुद्दकै युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l शब्द रचनामा अल्बिन थापा मगर सँग  बुद्दको नाम समावेश गरिनुका साथै संगीतमा पनि गायककै हात रहेको छ l रिकेश गुरुङको एरेन्ज ,बाबु प्रधानको मिक्स मास्टर, विकास दाहालको सम्पादन रहेको भिडियोमा युवराज वाइबाको निर्देशन रहेको छ l भिडियोको दृश्य कैद निश्चल पौडेलले गरेका छन् l