चलचित्र ‘कृ’मा नायक अनमोल केसी र नव नायिका अदिति बुढाथोकी एकसाथ पर्दामा देखिन्दै छन् । केही दिन अघि बन्दिपुरमा छायाङ्कन भइरहेको ‘कृ’को सुटिङ मौसमको कारण हाल स्थगित भएको छ । कृमा अनमोलको साथमा नव नायिका तथा मोडल रहेकी अदिति बुढाथोकीले डेव्यु गर्दै छिन् । नेपाली मूलकी अदितिले बलिउडका केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । चलचित्र रिलिज अगावै राम्रो फ्यान् कमाएकी अदितिले सामाजिक सञ्जाल इन्ट्राग्राममा अनमोलको साथमा एक तस्बिर पोस्ट गरेकी छिन् । सुटिङकै क्रममा खिचिएको उक्त तस्बिरमा अनमोल र अदितिलाई एकसाथ सुहाएको देख्न सकिन्छ । पछिल्ला केही चलचित्रमा अनमोल नव नायिकाहरुसँग रोमान्स गर्दै आइरहेका छन् । प्राय चलचित्रमा उनको र नव नायिकाको जोडीलाई दर्शकले रुचाएका छन् । ‘कृ’को यो जोडीलाई दर्शकको कति साथ मिल्ला त्यो चलचित्र प्रदर्शन भएपछि पछि नै थाहा हुने छ ।