सोमबार बाट फ्लोरमा जाने चलचित्र 'डिसेम्बर फल्स'को आज शुभमुर्हत गरिएको छ l पोखराको बिन्दवासिनी मदिरमा चलचित्रको शुभमुर्हत गरिएको हो l आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहने चलचित्रलाई प्रवीण झाले निर्देशन गर्दै छन् l नयाँ वर्षलाई अर्थात् १ गतेलाई आफ्नो रिलिज मिति तय गरी सकेको चलचित्रमा बिपीका खनालको कथा र केदार भुसालको पटकथा र संवाद समावेश छ l पोखरालाई छायाङ्कन लोकेसन बनाएको चलचित्रलाई रिजाल एन्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण गर्न लागिएको हो l

निर्माता रामप्रसाद रिजालको अनुसार चलचित्रको युट्युब  राइट्स साथै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार पनि बिक्री भैसकेको छ l लक्ष्मण रिजाल कार्यकारी निर्माता र रामकुमार भट्ट निर्माता रहेको यो चलचित्रमा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको अलावा सुमन थापा, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराई लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।