गायक निर्मल दाहालको आवाजमा 'अचेल मायाको' बोलको गीत रिलिज गरिएको छ l निर्मलकै अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको गीतको भिडियोलाई मन्दीप बखुन्छेको निर्देशनमा बनाइएको छ l सन्दीप डङ्गोलको शब्द रचना र संगीत रहेको गीतलाई चर्चित गायक नवीन के भट्टराईले संगीत संयोजन गरेका छन् l मनोज सापकोटा र आस्था बस्नेतलाई फिचर्ड गरिएको भिडियोलाई रीतेश जङ छेत्री र विशाल लामाले मिलेर सम्पादन गरेका छन् l