कोरोना महामारीले गर्दा चलचित्र क्षेत्रलाई मात्रै हैन रंगमञ्च क्षेत्रलाई पनि एकदमै मारमा पर्‍यो l कोरोना अघिका गतिबिधीहरुलाइ हेर्ने हो भने रंगमञ्चको  अवस्था  दयनियनै छ l त्यस माथि लकडाउनले च्यापिदियो l सिने क्षेत्रलाई सरकारले खोल्ने अनुमति दिइसक्दा पनि  रंगमञ्चको भने सरकारले लातै हाने सरह भैराछ l चलचित्र क्षेत्रलाई अनुमति दिएपछि रंगमञ्च सञ्चालकहरूले माघ १ बाट नाटक घर खोलेका थिए l  कोरोनाका कारण लामो समयदेखि अन्धकार छाएको नाटक घरमा उज्यालो छिर्ने तयारी भइरहेको छ। उज्यालो छिराउने काम नाटक "पल्पसा क्याफे"ले गर्ने भएको हो l थिएटर भिलेजको प्रस्तुतिमा अनामनगर स्थित मण्डला नाटक घरमा आवश्यक सुरक्षा सावधानी अपनाउँदै नाटक   "पल्पसा क्याफे" देखाइने भएको छ l

नारायण वाग्ले द्वारा लिखित नेपाली चर्चित उपन्यास हो 'पल्पसा क्याफे' l २०६१ सालमा मदन पुरस्कृत भएको उपन्यास हो  "पल्पसा क्याफे" l छिटो छिटो हतारिएर हिँड्ने लेखक वाग्लेले हिँड्दाहिँड्दै लामो नेपाली कालखण्डको समय नापेका छन् l त्यही समयको बारेमा लेखेका छन् l "पल्पसा क्याफे" उनले लाखौँ अक्षरहरू हिँडिसकेपछि हिँडेको पहिलो उपन्यास हो l आफूले "पल्पसा क्याफे"लाई प्रेम पत्र लेखे जसरी लेखेको बताउछन् l  तत्कालीन नेपाली द्वन्द चित्रण गरिएको यस उपन्यास नेपालमा सर्वाधिक बिक्री हुने पुस्तक मध्ये एक हो। माओवादी युद्धताका एक चित्रकार, दृश्य, प्रमुख पात्रका रूपमा रहेको यो उपन्यास पुरै उनको वरिपरि घुमेको छ। तत्कालीन माओवादी युद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आम सर्वसाधारण जनतामा पारेको असर र विद्यमान सामाजिक अवस्थिति जस्ता समसामयिक विषयहरू समावेश गरिएको यो एक पठनीय पुस्तक हो । पल्पसा यानिकी उपन्यासकी मुख्य पात्रमा अभिनेत्री स्वस्तिमा खड्का  रहेकी छन् l केही दीन अघि स्वस्तिमाले सामाजिक सञ्जाल तस्बिर शेयर गर्दा चाडै नै नाटक मञ्चन हुन लागेको जानकारी दिएकी थिन ।

चलचित्र वा म्युजिक भिडियोमा काम गरिरहेकी एक नायिका किन रंगमञ्चमा आकर्षित भइन् त ?

आज आयोजना भएको पत्रकार सम्मेलनमा उनले भनिन्–‘म चलचित्र क्षेत्रमा आएपछि मलाई थिएटर छ, जहाँ नाटक देखाइन्छ भन्ने केही पनि थाहा थिएन । पहिलो चलचित्रको मेकर्सले नै मलाई नाटक घरसम्म लैजानुभएको थियो । बल्ल मैले नाटकको दुनियाँ थाहा पाएको थिएँ । मलाई सो समयदेखि नै नाटकमा कसरी अभिनय गर्ने होला भन्ने लागेको थियो ?’स्वस्तिमाले आफूले धेरै कुरा सिक्ने मौका पाएको र वर्कसप अगाडि बढिरहेको सुनाइन् । आफ्ना लागि नयाँ अनुभव भएको भन्दै स्वस्तिमाले आफू यसमा रमाइरहेको बताइन् । उनले आफूलाई कसरी काम गर्ने होला भन्ने डर भने नभएको सुनाइन् ।  विमल सुबेदीको निर्देशन रहने उपन्यासलाई नाटकमा रूपान्तरण सुरज सुवेदीले  गरेका छन् l सहायक निर्देशनमा दिलीप राणा भाट रहने नाटकको मञ्चमा स्वस्तिमाको अलावा समापिका गौतम, जेनी सुनुवार,पूर्णिमा आचार्य, निमा शेर्पा,रोशन निरौला,कपिल राई,दीपेश राई लगायतको अभिनय रहने छ l साथै नेपथ्यमा सुजन ओली , नवराज पराजुली,लेनिन बन्जाडे लगायत रहेका छन् l