चलचित्र "छ माया छपक्कै" युट्युबमा सार्वजनिक भएको छ l बुधवार बिहान आमा अग्नि कुमारी मिडिया बाट  चलचित्रलाई सार्वजनिक गरिएको हो l दीपेन्द्र लामाको कथावस्तु लेखन र निर्देशन रहेको चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ l चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदारप्रसाद घिमिरे, जितु नेपाल, सुपुस्पा भट्ट, प्रकाश घिमिरे लगायतका कलाकारको भूमिका रहेको छ।  यो समूहको निर्माणमा बनेको चलचित्र छक्का पञ्जा-३ झन्डै एक महिना अगाडि मात्र युट्युबमा आएको थियो । कमेडी जनरामा साथै राजनीतिक कुरालाई चलचित्रमा उथान् गरिएको छ l चलचित्रको संवाद दीपकराज गिरी, केदार प्रसाद घिमिरे, जितु नेपाल, अभिमन्यु निरविले लेखेका हुन्।