हरेक वर्ष आयोजना गर्दै आएको नेप्लिज फेशन होमले यस वर्ष पनि नेवार सुन्दरीहरूको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ l १५ औ संस्करणमा आइपुगेको उक्त कार्यक्रम फाल्गुन ७ गते प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको हो l १९४१ नामावली दिएको मिस नेवामा १५ जना प्रतिशपर्धीहरु भिड्दै छन् l एनएफएच इभेण्टको सहकार्यमा ग्लो ब्युटी स्टुडियोले आयोजना गरेको कार्यक्रमले नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न यी प्रतियोगिता आयोजना गर्दै आएको नेप्लीज फेसन होमकी अध्यक्ष मानन्धरले जानकारी गराइन्। शाररीक बनावटलाई विभिन्न विधामा छुटाइँदै प्रतिस्पर्धीहरुले  वेस्ट स्किन, वेस्ट हेयर र वेस्ट पर्सनालिटीको आधारमा अवार्ड हात पार्ने छन् l आइतबार राजधानीको सुन्धरास्थित काठमाडौँ मलमा अवस्थित ग्लो ब्युटी स्टुडियो काठमाडौँ मल पुगेर आफ्नो सुन्दरतामा थप आकर्षक बनाएका छन् प्रतिस्पर्धीहरुले।

मिस नेवाः का प्रतिस्पर्धीहरूलाई क्लिजिङ, हेयर वास, थेडिङ, फेसवासलगायतका सेवा दिइएको ग्लो ब्युटी स्टुडियोका म्यानेजिङ डाइरेक्टर तथ मोडल एवं अभिनेत्री दीपासा बिसिले जानकारी गराइन्। उनले सहभागी नेवार सुन्दरीहरूलाई ब्युटी टिप्सको कक्षा पनि दिइन्। नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरूका लागि मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ भने नेवार समुदायका बालिकाहरूका लागि लिटिल मिस नेवाः आयोजना गर्दै आएको छ। नेपाल क्योकुशिन सेईसिनका अध्यक्ष तथा नेपाल ब्रान्च चिफ शिहान अशोक कुमार श्रेष्ठ, मिस नेवा  नेपाल ११३९ की विजेता नितु डंगोल तथा मिस नेवाःहरु प्रजिता श्रेष्ठ, युनिसा शाहीलगायत कार्यक्रममा  सहभागी थिए।