अभिनेता राजेश हमाललाई दर्शकले चलचित्रको पर्दामा नदेखेको धेरै भयो ।केही समय देखी म्युजिक भिडियोमा ब्यस्त रहँदै आएका महानायक राजेश हमाल ठुलो पर्दामा फर्किने तयारीमा छन् l नयाँ चलचित्रमा लिखित सम्झौता गरे सँगै उनी निर्देशक शंकर कार्कीको "सत्यम" मार्फत ठुलो पर्दामा फर्किने भएका हुन l शीर्ष भूमिकामा देखिन लागेका राजेशको अपोजिटमा अभिनेत्री उपासना सिंह ठकुरीलाई राख्ने कुरा भइरहेको छ l भने अर्का अभिनेता अनुप विक्रम शाही चलचित्रमा पक्का भैसकेका छन् l बुझिए अनुसार चलचित्रमा अनुप खलनायकको भूमिकामा प्रस्तुत भएका छन् l टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ लिएर आएका राजेश सोही कार्यक्रमका कारण केही समय अघि चर्चामा पनि आएका थिए l