अभिनेता गौरव पहाडी र एलिजा गौतमलाई लिएर निर्देशक दीपक श्रेष्ठ नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा छन् । गौरव पहाडीलाई केही दीन अघि मात्र चलचित्रमा अनुबन्धित गर्दै चलचित्र ‘घिन्ताङ’ बनाउने भएका हुन l केही समय अघि भर्सटाइल एक्टर विपिन कार्कीलाई लिएर चलचित्र बनाउने खबर चर्चामा थियो l तर निर्माण टिमको अनुसार विपिनले समय दीन नसकेका कारण गौरवलाई चलचित्रमा फाइनल गरिएको हो l अभिनेत्री एलिजालाई भने दीपकले पहिले नै चलचित्रमा अनुबन्धित गराइसकेका थिए l पापी मान्छे २, अजम्बरी माया, जीवन साथी, राम लक्ष्मण, आमाको आशीर्वाद, कृष्ण अर्जुन’ लगायत २ दर्जन भन्दा बढी हिट चलचित्र निर्देशन गरिसकेका दिपक लामो समयको अन्तराल पछि "घिन्ताङ" लिएर दर्शक सामु आउन लागेका हुन l सामाजिक कथा वस्तुमा निर्माण हुने चलचित्रको केही समय पछि औपचारिक घोषणा गरिनेछ ।