अभिनेता पल शाह र गरिमा शर्माको न्रित्यमा थारु गीत "दिन गिन गिन" सार्वजनिक भएको छ l नरेश जोगी र अनु चौधरीको आवाज समावेश रहेको गीतको शब्द सिर्जना र लय नरेश जोगीकै रहेको छ l विक्रम चौहानको निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका छन् l ठेट थारु संस्कृति  कलालाई झल्काएको उक्त गीतले तराईको विभिन्न सुन्दर ठाउँलाई चित्रण गरेको छ। मिलन बिशोकर्माले भिडियोलाई सम्पादन गरेका छन् l भिडियोलाई एस् थ्री के एन्टरटेन्मेन्ट युट्युब बाट सार्वजनिक गरिएको छ l