गायक देवेन्द्र बब्लुले नयाँ गीत बजारमा लेराएका छन् l देवेन्द्रले आफ्नै युट्युब च्यानलबाट ‘भेटै हुन्न कि’ बोलको गीत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतमा शब्द, संगीत तथा स्वर देवेन्द्रले नै दिएका छन् । विशाल घिमिरेको डिजाइनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् । भिडियो सम्पादन तथा कलर प्रवीण भट्टले गरेका छन् । गीतको एरेन्ज कृष्ण विकले गरेका हुन् भने मिक्सिङ श्याम श्वेत रसाइलीले रहेको छ l