अभिनेता अनुप विक्रम शाही "सेलेब्स ग्रिट्स" को ब्रान्ड एम्बेस्टरमा नियुक्त भएका छन् l मंगलबार काठमाण्डौको रेडिसन होटेलमा कार्यक्रम आयोजना गर्दै "सेलेब्स ग्रिट्स" को शुभारम्भ सँगै अनुप र आयोजक टिम बिच सम्झौता भएको हो l कलाकार साथै नाम चलेका ब्यक्तिवहरु सँग साक्षात् गराउने उद्दस्यले एप्स लाई सञ्चालनमा लेराइएको हो l कलाकार ,खेलाडी ,संगीतकार, डान्सर, मोडेल लगायतलाइ हामीले एप्समा भेटाउन सक्नेछौ l हाल एप्स मा केही सेलीब्रेटीहरु मात्र रखिएको र आगामी दीनहरूमा बढाउदै  लाने एप्स सञ्चालकहरूले बताएका छन् l एप्स का सिइओ समुल खड्का, सह निर्माता प्रशान्त खड्का र बोर्ड अफ डिरेक्टर तपेन्द्र बहादुर खड्का रहेका छन् l