गायक विक्रम बराल र गायिका मेलिना राईको आवाज रहेको गीत "लाउँ कि माया" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ l प्रदीप चापागाईँको शब्द रचना र कल्यान सिंहको लय सिर्जनामा गीतलाई तयार पारिएको छ l दीपक प्रसाद आचार्यले निर्देशन गरेको गीतको भिडियोमा नाजिर र सुमीको जोडीलाई रमाइलो ढंगको साथै सर्प्राइज तरिकाले प्रस्तुत गरिएको छ। गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन्।  पवन सुस्लिङले भिडियो खिच्नुका साथै स्वयम्ले सम्पादन तथा भिएफक्स गरेका छन् l रचनाकार प्रदीप चापागाईँको आधिकारिक युट्युब च्यानलबाट भिडियोलाई सार्वजनिक गरिएको छ।