चलचित्र "द रेड जोन" निर्माण हुन भएको छ । यज्ञजंग विश्वकर्मा ( आयुष )को पटकथा तथा निर्देशन रहने चलचित्रको हिजो कार्यक्रम आयोजना गर्दै निर्माण हुने घोषणा गरिएको हो l माघ २१ गतेबाट फ्लोरमा जाने चलचित्रमा सुजन गौतमको कथा रहने छ l बुझिए अनुसार चलचित्रको कथाले  सडक सुरक्षा र सडक दुर्घटनाबाट बच्नको लागी प्रेरणादायी सन्देश लिएर आउने बताइएको छ l भने रिलिज पस्चात चलचित्र बाट उठेको रकम १० प्रतिशत राष्ट्रिय आविष्कार केन्द्रलाई दिइने बताइएको छ l रामजी लामिछाने , राजन महर्जन र नवराज सुवेदीको नृत्य निर्देशन , देव महर्जनको द्वन्द्व , सुजन विश्वकर्माको छायाँकन ,तारा थापा किम्भेको सम्पादन चलचित्रमा समावेश गरिएको छ l  कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र चलचित्रका निर्माता खगेन्द्र सुवेदी  , के एस काफले लगायतको उपस्थित रहेको थियो । चलचित्रमा किशोर खतिवडा , दीपक थापा , कमला नेपाली , हेमराज घर्ती लगायतका कलाकारको अभिनय रहने  छ l