सार्वजनिक भएको केही हप्तामै १० लाख भ्युज पार गरी सकेको म्युजिक भिडियो "'नाँच्देउ बसन्ती"को कभर भिडियो बनाउने समय सीमा जनावरी २८ सम्म तोकिएको छ l गायक दिल तामाङको आवाजमा समावेश रहेको गीतको कभर भिडियो बनाउने र उक्त भिडियो बाट उत्कृष्ट भिडियो बनाउनेलाई केही समय अघीनै एक लाख नगद दीने बताइएको थियो l निर्मल लामाको निर्देशन तथा कन्सेप्ट रहेको भिडियोमा भिमफेदी गाइज र एलिसा शर्मा फिचर्ड छन् l डी पी खनालको शब्द रचना रहेको गीतको लय सिर्जना शंकर थापा "स्माइल"को रहेको छ । पवन सुस्लिङको सम्पादन र खिचाइमा तयार पारिएको भिडियोलाई स्टार क्याडेट युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो l