निर्देशक ऋषि राज आचार्यले गुपचुपमै नयाँ चलचित्र "चुरीफुरी" को छायाङ्कन लाई अघि बढाइसकेका छन् l चर्चित हास्य कलाकारहरूको जम्बो टोलीलाई लिएर चलचित्रको छायाङ्कन लाई अघि बढाएका हुन l आरबी मुभीजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको चलचित्रमा रवीन्द्र झा , (म्याकुरी)पवन खतिवडा,शिशिर भण्डारी,दीपक आचार्य (काकु) सुबोध गौतम (एदुमे) लगायत कलाकारहरूको अभिनय रहेको छ l   सह निर्मातामा विमला भुसाल,राजेन्द्र खाती र शिव थापा छन् lभिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहेको चलचित्रको गीतमा समीर आचार्य,विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।  निर्देशक आचार्यले ‘चुरीफुरी’ लाई मनोरञ्जनको नौलो प्याकेजका रूपमा व्याख्या गरेका छन् ।  यसो त केही कलाकारहरूको तस्बिर बाहिरीएतानी चलचित्रका मुख्य हिरो हिरोइन भने गुपचुप नै रहेका छन् l चलचित्रलाई राहुल राईले खिचेका छन् l