रियालिटी सो "डान्स मास्टर लिटल च्याम्स" मा निर्देशक विशाल भण्डारीले ‘वाइल्ड रिपर्ज क्रिउ’लाई सो मा आबद्ध गराएका छन् । ताम् झामका साथ अगाडी बढाउनका लागि क्रियटिभ टिममा क्रिउ लाई सम्झौता गर्दै अन्तर्राष्ट्रिय स्तरको रियालिटी सो नेपालमै दीने विशालको योजना रहेको छ l ‘वाइल्ड रिपर्ज क्रिउ’ इन्डियाको चर्चित रियालिटी सो "इन्डियन डान्स रियालिटी सो"का फस्ट रनर अप, डान्स प्लस सेकेन्ड सिजनको सेमिफाइनलिस्ट, डान्स च्याम्पियन (स्टार प्लस) तथा भारतीय डान्स मुभी स्ट्रिट डान्सर थ्रिडीमा फिचर्ड टिम हो । रीमा विश्वकर्मा र कमेडी च्याम्पियनका प्रतिस्पर्धी सुमन कार्कीले सो लाई होस्ट गर्दै छन् l केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह मिलेर सो लाई निर्माण गरेका हुन l 

तेरिया मगर , सुशान्त खत्री, रोहिया महर्जन जस्ता न्रित्यमा  खरिएका जजहरूले प्रतिस्पर्धीहरूको मुल्याङकन गर्ने छन् l  साथै सुपर जजमा नायिका सारंगा श्रेष्ठलाई विशालले उपस्थित गराएका छन् l सोलाई थ्रि–प्रोडक्सन र नेपा नेपा डान्स एकेडेमीले संयुक्त रूपमा निर्माण गरेका  हुन l  । शोको  ३२ वटा शृङ्खला प्रसारण हुने छ l १५ वर्ष भन्दा मुनी बालबालिकाहरूले आफ्नो प्रतिभा देखाउन सक्नेछन् l सोको विजेताले २५ लाख, फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले १० लाख रुपैयाँ पाउने छन् । तर यो रकम उनीहरुले कोरियोग्राफरसँग ५०/५० प्रतिशत बाँड्नु पर्नेछ । कान्तिपुर बाट प्रसारण गरीने सो लाई विशालले "कमेडी च्याम्पियन सिजन २" सकिए लागतै रियालिटी सो लाई सुचारु गर्ने बताएका छन् l