एक जमना थियो जतिबेला अभिनेता निखिल उप्रेतीको पोस्टर हेरेकै भरमा फिल्महरु चल्ने गर्दथो । एक्सन स्टारका छवि बनाएका निखिल अभिनित प्राय चलचित्रहरु एक्सन प्रधान नै हुने गर्दछ । ‘पिंजडा’बाट डेव्यु गरेका निखिलले कहिले सात तला बाट हामफ्यालेर चर्चामा आए त कहिले बलि रहेको आगोमा कुदेर चर्चामा आए । आफ्नो छुट्टै पहिचानको साथमा राम्रो क्रेज बनाएका निखिलले केही बर्ष नेपाली चलचित्रबाट बिश्राम लिएर मुम्बई भासिए । केही वर्ष मुम्बई बसाँइ पछि उनले अाफ्नो डिरेक्सनमा ‘भैरब’ नामक चलचित्रबाट कमब्याक गरेका थिए । चलचित्र भैरबले दर्शक र पैसा दुवै कमाउन सफल भयो । तर त्यस यता निखिलले ‘लुटेरा’, ‘किङ’, ‘राधे’, ‘रुद्र’मा काम गरिसकेका छन् । भैरब पछिका प्राय चलचित्रले दर्शकको साथ पाउन सकेको छैन । प्राय साउथ डिन्डयन चलचित्रका एक्सनलाई कपि गरेको आरोप निखिललाई लाग्ने गरेको छ । कुनै बेला निखिलको एक्सन हेर्ने जमात पछिल्लो समय घटिसकेको उनका चलचित्रहरुले प्रस्ट पार्दछ । निखिल अभिनित ‘संरक्षण’ यही साउन २७ बाट रिलिज हुँदै छ । उक्त चलचित्रमा निखिल पुलिसको भूमिकामा देखिएका छन् । प्राय एउटै भूमिकामा देखिने निखिलको चलचित्र हेरेर दर्शक मोनोटोनस त भएका छैनन् ? पछिल्लो समय निखिलको स्टारडम सकिएको हो ? भनेर चलचित्र नगरीमा प्रश्न उठ्न थालिसकेको छ ।