सुशील नेपालको संगीत साथै आवाजमा समावेश गीत "भन्दै छ हावा" सार्वजनिक भएको छ  l डा.विनीता खरेलले गीतको शब्द कोरेकी हुन् l प्रवीण श्रेष्ठको निर्देशन साथै सम्पादनमा बनाइएको भिडियोलाई राजेन्द्र राणाले एनिमेसन गरेका छन् l संगीत संयोजन याकुब राई, मिक्स /मास्टर सञ्जीव खड्गीको रहेको छ l सार्वजनिक गरिएको लिरिकल भिडियोलाई ओ .एस्. आर डिजिटल युट्युब च्यानल बाट हेर्न पाइने छ l