रिल्ल सँगै रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको निर्देशन र कन्सेप्टमा म्युजिक भिडियो "सुन्तलाको फूल" रिलिज भएको छ l मीन गुरुङ र बिना भट्टराईले सार्वजनिक गीतमा आवाज दिएका छन् l दीपक शर्माको शब्द रचना र लय सिर्जना रहेको भिडियोमा लक्ष्मी र गायक मीन आफैँ फिचर्ड छन् l संगीत संयोजन नरेन्द्र वियोगी ,मिक्सिङ /मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ l भिडियोलाई बुद्ध थापाले खिचेका छन् l