सम्राट् इन्टरटेन्मेन्ट युट्युब च्यानल बाट नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l प्रिज्मा प्रिन्सी र अमर अमृत फिचर्ड म्युजिक भिडियो 'दाउ लागेमा विहे गरौला' को गीतमा सम्राट् चौलागाई र रचना रिमालको आवाज रहेको छ l गायक सम्राट्कै शब्द र संगीत गीतमा समावेश छ l कृष्ण बिकको एरेन्ज ,सिलन लम्सालको सम्पादन ,साजन शाहको मिक्सिङ रहेको गीतको भिडियोलाई सुरेन्द्र बस्यालले निर्देशन र कोरीयोग्राफी गरेका हुन l भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन गरेका छन् l