पछिल्लो समयकी चर्चित अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स’बाट डेव्यु गरेकी साम्राज्ञी अभिनित दोस्रो चलचित्र ‘ए मेरो हजु्र २’ प्रदर्शनको नजिक आइरहेको छ । हाल चलचित्र ‘इन्टु मिन्टु लण्डन’को सुटिङमा व्यस्त रहेकी साम्राज्ञीको सामजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ ।
हेर्नुुस् यस्तो छ भिडियो ः
डान्स सिकिरहेकी साम्राज्ञीले उक्त भिडियो आफ्नो इन्टाग्राम एकाउन्टमा राखेकी थिइन् । करिब हप्ता दिन अगाडी राखिएको सोही भिडियोले अहिले चर्चा पाइरहेको छ । भिडियोमा उनले चलचित्र ‘इन्टु मिन्टु लण्डन’को लागी डान्स सिकिरहेको देख्न सकिन्छ ।