गायक / मोडेल दुर्गेश थापा बुवा बनेका छन् l प्राची लामा सँग प्रेम विवाह गरेका दुर्गेश आफू बुवा बनेको खबर आफ्नो सामाजिक सञ्जाल मार्फत बताएका हुन l  तस्बिर सेयर गर्दै "यो सुनौलो संसारमा तिमिलाई स्वागत छ" उनले क्याप्सनमा लेखेका छन्  l शुभचिन्तकहरूले कमेन्टमा दुर्गेशलाई बधाई दिइरहेका छन् l गीत बिच्च बिच्च बाट चर्चामा आएका दुर्गेश युवापुस्तामा लोकप्रिय गायकको रूपमा परिचित छन् l दर्जनौँ गीत बजारमा लेराएका दुर्गेशको "बिच्च बिच्चमा" "हेप्पी तिहार" "छेत्रीको छोरो" लगायत गीतहरू हिट छन् l