चलचित्र सत्यमले ‘थिमेट्रीकल स्केच पोस्टर’ सार्वजनिक गर्दै अडिसन कल गरेको छ l सत्यम मार्फत ठुलो पर्दा फर्किएका राजेश हमालको स्केच फोटो पोस्टरमा राख्दै ‘राईजिंग अफ दि हिरोज्’नाम दिएर कास्टिङ कल् सुरु गरिएको हो l चलचित्रलाई निर्देशक शंकर कार्कीले निर्देशन गर्दै छन् l चलचित्रमा राजेश र अनुप सँगै अभिनेत्री उपासना सिंह ठकुरी , पल शाहले पनि काम गर्ने पक्का भएको छ l टुडि (2D) प्रविधिमा बनिरहेको चलचित्रमा अडिसनबाट अन्य दुई मुख्य पुरुष तथा दुई मुख्य महिला कलाकारहरू छनौट गरिने बताइएको छ भने अन्य २२ कलाकारहरू पनि अडिसनबाट नै छानिनेछन् । चार जना मुख्य चरित्र अभिनेता, दुई जना मुख्य चरित्र अभिनेत्री, तीन सहायक चरित्र अभिनेता, दुई सहायक चरित्र अभिनेत्री, सहायक कलाकार दुई पुरुष तथा दुई महिला साथै दुई जना बाल कलाकार र अन्य छोटो भूमिकाका कलाकारहरू पाँच जनाको लागि अडिसन हुनेछ । अडिसनमा सहभागी हुन चाहानेले नवयुग सिनेमा प्रा.लि.को इमेल ठेगानामा आफ्नो सम्पर्क नम्बर फोटो र शोरिल पठाउनु पर्ने छ l
navayug.renisha@gmail.com मा पठाउनुका साथै माघमा १९,२३,२५ र २७गते काठमाडौँ,पोखरा बुटवल र झापामा अडिसनको मिति निर्माण टिमले तोकेका छन् l रेसम सापकोटाको कथा रहेको चलचित्रको निर्मातामा श्याम मल्ल ,गणेश पौडेल,रेसम गौतम र कृष्ण अधिकारी रहेका छन् l चलचित्रको बारेमा अन्य जानकारी भने सत्यम टिमले केही समय पछि पत्रकार सम्मेलन गरेर बताउने भएका छन् l