शंकर अधिकारी घायलको लेखन र निर्देशनमा बनेको चलचित्र "आरम्भ" को ट्रिजर सार्वजनिक गरिएको छ l मीन कुमार अधिकारीको निर्माण ,रोशन पोख्रेल,  राजु लामा स्याङरुम र लक्ष्मी कुवरको सह निर्माणमा बनाइएको चलचित्रमा रोशिका राय ,देव महर्जन , अमृता मगर लगायत कलाकारको अभिनय रहेको छ l कृष्ण पाण्डेको छायांकन , सञ्जीव तामाङको द्वन्द , विश्वास भण्डारी र अञ्जलि थापाको सम्पादन रहेको चलचित्रको ट्रिजर ओ. एस्. आर डिजिटल युट्युब च्यानल बाट रिलिज गरिएको छ l द्वन्द र प्रेम कथामा आधारित चलचित्रले अपराध र अपराधी  गतिविधिलाई प्रस्तुत गर्ने छ l