काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै किताब जात्रा फाउन्डेसनले ‘नबिल किताब जात्रा–२०७७’ सञ्चालन गर्ने भएको छ l माघ १७ गते देखी सञ्चालनमा आउने किताब जात्रा माघ २३ गते सम्म हुने छ l कोरोना महामारीका कारण हरेक वर्ष हुँदै आएको किताब जात्रा यस पट्क भने विभिन्न सञ्चार माध्यम र ‘किताब यात्रा’ एपबाट प्रसारण गर्न लागिएको हो l १७ गते बाट हुन लागेको कार्यक्रममा किताब जात्रा–२०७७’का निर्देशक ऋषिराम अधिकारीको अनुसार भाषा, साहित्य, सिनेमा, समाज, उद्यम लगायतका क्षेत्रका व्यक्तित्वहरू समावेश भएका सात वटा सेसनहरू रहने छन् । किताब जात्राकै बुकसेलिङ् प्लेटफर्म ‘किताब यात्रा डटकम’ले सर्वाधिक विक्री भएका किताबलाई ‘किताब जात्रा वेस्ट सेलर अवार्ड' दिनेछ । गत वर्ष यो अवार्ड आख्यानकार अमर न्यौपाने द्वारा लिखित ‘गुलाबी उमेर’ले प्राप्त गरेको थियो ।