गीत सर्जक तथा वाद्यवादक धनबहादुर गायक (गन्धर्व)को निधन भएको छ । सुगर र उच्च रक्तचापको सिकार भएका गन्दर्भको बिहान ९ बजे पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा अपचारका क्रममा निधन भएको हो l केही दीन देखी छाती र फोक्सोमा समस्या देखिएपछि उनलाई  अस्पताल भर्ना गरी आइसियुमा राखेर उपचार गरिएको थियो । उनले सर्जक गरेका गीत मध्य "यो दाजुको मिर्मिरे आँखा उनको सर्वाधिक रुचाइएको गीतमा पर्दछ l साथै उनको सक्रियतामा २०६६ सालमा पोखरामा झलकमान गन्धर्व सारंगी पाठशाला स्थापना गरिएको थियो । पाठशालामा हाल उनका छोरा दिलीप गायकले संगीत सिकाइरहेका छन् ।जहाँ बालबालिकालाई निःशुल्क रूपमा सारंगी र मादललगायत वाद्यवादन सामग्री बजाउन सिकाइन्छ ।