चलचित्र "प्रकाश" मा अभिनेता प्रदीप खड्का पक्का भैसकेका छन् l नायक पक्का भैसकेतानी अभिनेत्रीको भने केही समय देखी खोजी भइरहेको थियो l अब भने चलचित्रमा अभिनेत्री पनि फाइनल भइसकेकी छन् l निर्देशक दिनेश राउतले चलचित्र "प्रकाश" मा नयाँ कलाकारलाई डेब्यु गराउने भएका हुन् l रंगकर्मी रेनु योगी लाई चलचित्रमा मौका दिएका दिनेशले अडिसन मार्फत कास्टिङ डाइरेक्टर अनुप बरालको छनोटमा चलचित्रमा रेनुलाइ राख्ने निर्णय गरिएको हो l कालिकोटमा जन्मिएकी रंगकर्मी रेनु योगी बुद्धनगर, काठमाडौं बस्छिन । भारतमा हुर्किएकी उनले पद्मकन्या कलेज, डिल्लीबजारबाट पत्रकारितामा स्नातक गरिन । नाटक ‘तीनकुने’ मा अभिनय गरेर राम्रै चर्चा बटुलेकी रेनुले अभिनय गरेको नाटकको संख्या एक दर्जन बढि पुगिसक्यो । विकास सुवेदीको कथा रहने चलचित्रको छायाङ्कन स्थल जुम्ला लाई तोकिएको छ l फाल्गुनको दोश्रो साता बाट चलचित्र फ्लोरमा जाने बताइएको छ l बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दै छन् ।