भदौ ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जोनी जेन्टलम्यान’को पोस्टर सार्वजनिक भएको छ । नितिन चन्दको निर्देशनमा बनेको चलचित्र ‘जोनी जेन्टलम्यान’मा नायक पल शाह र नायिका आँचल शर्माको मुख्य भुमिका रहेको छ । दुवैको पहिलो चलचित्र ‘नाइ न भन्नु ल ४’मा एकसाथ काम गरेका पल र आँचलको सम्बन्धको बारेमा मिडियामा चर्चा पाइरहेको हुन्छ ।

एक अर्काको प्रेममा रहेका खबर बाहिरिएता पनि यी दुईले मिडिया सामु आफुहरु मिल्ने साथीमात्र रहेको बताउदै आइरहेका छन् । सार्वजनिक पोस्टरमा पनि पलको अंगालोमा आँचल छिन् । स्याड मुडमा देखिएका यी दुईको पोस्टरमा जोडी जमेको छ । चलचित्र पछि एक साथ केही म्युजिक भिडियोमा काम गरेका पल र आँचलको यो जोडीलाई पुन एकपटक दर्शकले रुचाउछन् की रुचाउदैन् त्यो हेर्न बाँकी छ ।