चलचित्र ‘सुदूर’बाट नायिका वर्षा सिवाकोटी बाहिरिएकी छिन् । रमेश बुढाथोकीको निर्देशन रहने चलचित्रको डेढ वर्ष अघीनै घोषणा गरिएको थियो l तर कोरोना महामारीका कारण चलचित्र फ्लोरमा जान सकेन l अब भने चलचित्र चैत्र बाट फ्लोरमा जाने छ l जुम्लालाई छायाङ्कन स्थल तोकिएको चलचित्र "सुदूर" मा आफूले समय दिन नसकेकाले निर्माण टिम सँगको सहमतिमा वर्षाले चलचित्र छाडेको बताएकी हुन् l पछील्लो समय वर्षा व्यवसायतिर पनि ब्यस्त छिन् l सिवाकोटीले लकडाउनपछि चलचित्र ‘परदेशी २’को छायांकन सकाएकी छिन् । उनको ‘मनसँग मन र लक्का जवान’ पनि रिलिजको प्रतीक्षामा छन् । वर्षाले चलचित्र छोडे सँगै अर्की अभिनेत्रीको भने चलचित्रमा फाइनल निर्माण टिमले गरी सकेका छैनन् l यसो त अर्कातिर अभिनेताको रूपमा नायक पुष्प खड्कालाई चलचित्रमा लिइने कुरा भएको थियो l तर हाल सम्म उनी उक्त चलचित्रमा छन् या छैनन् भने खबर चाहिँ बाहिरिएको छैन l